आजको युगमा स्मार्टफोन हाम्रो जीवनको अत्यावश्यक अंग बनिसकेको छ। व्यक्तिगत तस्बिर, बैंक खाता, सामाजिक सञ्जाल, पासवर्ड, गोप्य कागजातहरू, सबै मोबाइलमै हुन्छ। तर यति धेरै महत्त्वपूर्ण डाटा भएको मोबाइल ह्याक भए के हुन्छ ? सोच्न पनि डर लाग्छ ।
मोबाइल ह्याकबाट जोगिने उपाय आजको डिजिटल युगमा अनिवार्य ज्ञान हो। स्मार्टफोनमा हाम्रो निजी, वित्तीय र सामाजिक जीवनको लगभग सबै डाटा संग्रह हुन्छ। मोबाइल ह्याक एक गम्भीर साइबर खतरा हो, जसले तपाईंको व्यक्तिगत जीवन तहस नहस बनाउनका साथै वित्तीय सुरक्षालाई असर गर्न सक्छ । यस लेखमा, हामी मोबाइल Hacker बाट कसरी जोगिने भन्ने बीषायमा १० प्रमुख उपायहरूबारे विस्तृत रूपमा चर्चा गर्नेछौं ।
मोबाइल ह्याकबाट जोगिनु पर्ने १० प्रभावकारी उपायहरू
बलियो पासवर्ड वा PIN प्रयोग गर्नुहोस्
तपाईंको फोनमा पासवर्ड वा PIN अनिवार्य राख्नुहोस्। जस्तै:
- कम्तीमा 6 अंकको PIN
- अल्फान्युमेरिक पासवर्ड (अक्षर + संख्या + चिन्ह)
Face ID वा Fingerprint जस्ता बायोमेट्रिक सुरक्षा विकल्पहरू पनि पर्याेग गर्नुहोस् ।
Two-Factor Authentication Enable गर्नुहोस्
जब तपाईं मोबाइलमा कुनै एप (जस्तै Facebook, TikTok, Instagram, Gmail) प्रयोग गर्नुहुन्छ, त्यो एपमा 2FA (Two-Factor Authentication Enable गर्नुहोस् । यसले ह्याकरले पासवर्ड पाए पनि तपाईंको अनुमति बिना लगइन गर्न सक्दैन ।
सार्वजनिक Wi-Fi प्रयोग गर्दा सतर्क रहनुहोस्
Café, Airport वा होटलको Wi-Fi प्रयोग गर्दा VPN प्रयोग गर्नुहोस् । Public Wi-Fi मा ह्याकरहरूकाे लागी data capture गर्नु भनेकाे उनीहरूकाे लागी सबैभन्दा सामान्य कुरा हो ।
अनधिकृत एप्स डाउनलोड नगर्नुहोस्
Google Play Store वा Apple App Store बाहेक अन्य वेबसाइटबाट एप डाउनलोड नगर्नुहोस् । त्यस्ता एपहरूमा malware वा spyware हुन सक्छ । यदी डाउनलोड गरनु नै परेछ भने पनी पहीला स्कान गर्नुहाेस अनीमात्रै Install गनुर्हाेस ।
मोबाइलको Software/OS नीयमीत अपडेट गर्नुहोस्
पुरानो system मा ह्याकरहरूले सजिलै घुस्न सक्छन् । त्यसैले, आफ्नो मोबाइलको Android वा iOS सिस्टम सधैं अपडेट राख्नुहोस् ।
App Permission जाँच गर्नुहोस्
एउटा एपले आवश्यकता भन्दा बढी अनुमति मागेको छ भने, त्यो शङ्कास्पद हो । एप हुन सक्छ यस्ताे एप सकेसम्म डाउनलोड नर्गनुहाेस । डाउनलोड गर्नैपरेमा माेबाइलकाे Settings मा जानुहाेस App Permissions मा गएर आवश्यकता नभएका अनुमतिहरू हटाउनुहोस् ।
Antivirus वा Mobile Security Software प्रयोग गर्नुहोस्
जस्तै:
- Avast Mobile Security
- Bitdefender
- Norton Mobile Security
यी App ले ह्याकर ले तपाइकाे माेबाइल Hack गर्न खाेजेमा अथवा, तपाइले अनजानमा Phishing Link Click गर्नु भएकाे खन्डमा त्यस्ता Link मा malware भए Notification ।
Bluetooth र Location सेवाहरू बन्द गर्नुहोस् (प्रयोग नगरुन्जेल)
Bluetooth वा GPS अन राख्दा तपाईंको device अरूको attack को दायरा भित्र आउन सक्छ । प्रयोग गरिसकेपछि यस्ता सेवाहरू बन्द गर्नुहोस् ।
SMS वा Email बाट आएका अनौठा लिंकहरू क्लिक नगर्नुहोस्
“Your bank account is locked”, “You won an iPhone” जस्ता सन्देशहरूमा क्लिक गर्दा ह्याकरको फन्दामा पर्न सकिन्छ। यस्ता phishing link हरूबाट बच्न सिक्नुपर्छ ।
फोन हराएको खण्डमा “Find My Device” प्रयोग गर्नुहोस्
Android: https://www.google.com/android/find
iPhone: https://www.icloud.com/find
फोन हराएपछि location ट्र्याक, data wipe, वा phone lock गर्न सकिन्छ।
मोबाइल ह्याक भए के गर्ने?
- तुरुन्त आफ्नो Google, Facebook, बैंक अकाउन्टको पासवर्ड परिवर्तन गर्नुहोस्
- महत्वपूर्ण डाटा हटाउनुहोस् वा wipe गर्नुहोस्
- Security App मार्फत scan गर्नुहोस्
- नजिकको साइबर सुरक्षा विशेषज्ञ वा प्रहरीसँग सम्पर्क गर्नुहोस्
निष्कर्ष: सजग बनौं, सुरक्षित रहौं
मोबाइल हाम्रो डिजिटल जीवनको केन्द्रीय बिन्दु हो । यसलाई सुरक्षित राख्नु हाम्रो जिम्मेवारी हो ।
बलियो पासवर्ड, अपडेट, सावधानी र डिजिटल साक्षरता — यी सबै प्रयोग गरेर तपाईं मोबाइल ह्याकहुन बाट जोगिन सक्नुहुन्छ ।