Instagram Account Hack हुने जोखिम र सुरक्षा उपाय: तपाईंको अकाउन्ट कसरी सुरक्षित राख्ने?
आजको डिजिटल युगमा, Instagram Account संसारकै सबैभन्दा लोकप्रिय सामाजिक मिडिया प्लेटफर्महरूमध्ये एक हो । यसको बढ्दो प्रयोगले साइबर अपराधीहरूको लक्ष्य बन्ने सम्भावना पनि त्यति नै बढेको छ । यदि तपाईंले कहिले पनि “मेरो Instagram Hack भयो जस्तो लाग्छ” भन्ने अनुभव गर्नुभएको छ भने, तपाईं एक्लो हुनुहुन्न । अहिले Instagram ह्याकसम्बन्धी घटनाहरू तीव्र रूपमा बढिरहेका छन् । यस लेखमा, हामी Instagram कसरी Hack हुन्छ भन्ने बारेमा बुझ्नेछौं साथै थाहा पाउने छैं कि तपाईंको Instagram Account Hack भएमा कसरी सुरक्षित रहन सकिन्छ भन्ने बारे व्याख्या गर्नेछौं ।
Instagram Hack भन्नाले के जनाउँछ?
Instagram Account Hack भन्नाले कुनै पनी अपरिचित व्यक्तिले तपाईंको अनुमति बिना तपाईंको Instagram Account Access लीनु हो । फिसिङ (Phishing Link) मार्फत तपाईंको लगइन विवरण लिने गरिन्छ र कमजोर पासवर्ड प्रयोग गरीएको खन्डमा वा Third Party Application Download & Installation गरेको अवस्थामा Instagram Account Hack हुन सक्छ ।
जब Instagram Account Hack हुन्छ, ह्याकरहरूले तपाईंको इमेलको, पासवर्ड परिवर्तन गर्न सक्छन्, जसले गर्दा तपाईंले फेरि Instagram Account प्रयोग गर्न सक्नु हुन्न । धेरैजसो अवस्थामा, ह्याकरहरूले तपाईंको अकाउन्ट प्रयोग गरेर तपाईंका फलोअर्सलाई ठगी सन्देश पठाउने, नक्कली अफरहरू साझा गर्ने वा तपाईंको व्यक्तिगत डेटा चोर्ने कार्य गर्छन् ।
Instagram Account Hack भएको संकेतहरू
तपाईंको अकाउन्ट ह्याक भएको संकेतहरू चाँडै चिन्न सकेमा क्षति न्यून गर्न सकिन्छ । यहाँ केही सामान्य संकेतहरू छन्:
- तपाईंले अनुरोध नगरेको पासवर्ड परिवर्तनको नोटिफिकेसन आउनु
- अकाउन्टबाट आफैँलाई लग आउट हुनु र फेरि लगइन गर्न नसक्नु
- तपाईंका साथीहरूबाट अनौठो सन्देश प्राप्त हुनु
- लगइन एक्टिविटीमा अपरिचित स्थान वा डिभाइस देखिनु
- प्रोफाइल फोटो, बायो आदि परिवर्तन भएको देखिनु
- गम्भीर अवस्थामा अकाउन्ट नै मेटिएको पाउनु
Instagram Account Hack कसरी हुन्छ?
फिसिङ हमला (Phishing)
फेक इमेल वा सन्देशमार्फत तपाईंलाई Instagram Account Login लगइन गर्न लगाएर तपाईंको User name र Password चोर्ने प्रयास ।
कमजोर पासवर्ड प्रयोग
Password राख्दा 123456 वा password123 जस्ता Password सजिलै अनुमान गर्न सकिने हुँदा अकाउन्ट सजिलै ह्याक हुन सक्छ ।
तेस्रो–पक्ष एप्समार्फत पहुँच
फेक ‘followers boost’ वा ‘engagement checker’ एप्सले तपाईंको डाटा चोर्न सक्छन् ।
पब्लिक Wi-Fi प्रयोग
क्याफे, एयरपोर्ट वा होटलमा Instagram खोल्दा तपाईँको डेटा ह्याकरद्वारा जासुसी गरिन सक्छ ।
सोसल इन्जिनियरिङ
Instagram सपोर्ट बनेर तपाईंलाई ठग्ने प्रयास वा मित्रको नाउँमा सन्देश पठाएर लिंक क्लिक गराउने ।
Instagram Account Hack भए के गर्ने?
Instagram को Official Recovery Page मा जानुहोस्
https://www.instagram.com/hacked/ मा गएर “Need more help?” क्लिक गरेर सेल्फी वा पुरानो इमेलबाट आफ्नो परिचय प्रमाणित गर्न सक्नुहुन्छ।
इमेल चेक गर्नुहोस्
Instagram बाट आएको suspicious activity सम्बन्धी इमेल हेर्नुहोस् । त्यहाँ “Secure Your Account” लिंकबाट पासवर्ड पुनः सेट गर्न सकिन्छ ।
फलोअर्सलाई जानकारी दिनुहोस्
यदि तपाईं अझै अकाउन्टमा लगइन गर्न सक्नुहुन्छ भने Story वा पोस्टमार्फत तपाईंको अकाउन्ट ह्याक भएको जानकारी दिनुहोस् ।
Instagram मा रिपोर्ट गर्नुहोस्
Settings > Help > Report a Problem बाट विवरण सहित रिपोर्ट पठाउनुहोस्।
Instagram Account Delete भएको छ भने के सम्भावना छ पुन: Recover हुन?
Deactivated अकाउन्ट
तपाईं वा ह्याकरले अकाउन्ट टेम्पररी डिएक्टिभ गरेको भए, लगइन गरेपछि फेरी एक्टिभ हुन्छ।
Permanently Deleted अकाउन्ट
३० दिनभन्दा बढी भइसकेको खण्डमा, अकाउन्ट फिर्ता सम्भव हुँदैन । तर यदि हालै मेटिएको हो भने, लगइन गरेर “Keep My Account” विकल्पबाट बचाउन सकिन्छ ।
इमेल परिवर्तन भएपछिको अवस्था
पुरानो इमेलमा गएको “Revert This Change” लिंक प्रयोग गरेर पुनः प्राप्त गर्न प्रयास गर्नुहोस् ।
Instagram ह्याक हुनबाट कसरी बच्ने?
- बलियो र यूनिक पासवर्ड प्रयोग गर्नुहोस्
- Two-Factor Authentication अनिवार्य रूपमा अन गर्नुहोस्
- अविश्वसनीय तेस्रो–पक्ष एप्स हटाउनुहोस्
- कुनै पनि लिंक क्लिक गर्नु अघि सतर्क हुनुहोस्
- Security Awareness Training लिने वा दिने
- Instagram एप र फोन सधैं अपडेट राख्नुहोस्
Instagram कसरी ह्याक गर्ने? भन्ने खोजी खतरनाक हुन सक्छ
धेरै यस्ता वेबसाईटहरू छन् जुन ह्याकिङको नाममा तपाईंको जानकारी चोर्ने वा मालवेयर पठाउने कार्य गर्छन् । यस्तो कार्य गैरकानुनी मात्र नभई, तपाईं आफैं समस्यामा पर्न सक्नुहुन्छ ।
निष्कर्ष: आजैदेखि सजग बनौं
Instagram Account केवल फोटो वा भिडियो राख्ने स्थान होइन, यो तपाईंको सम्झना, ब्रान्ड, सम्पर्क र गोपनीयताको केन्द्र हो ।
आजै पासवर्ड परिवर्तन गर्नुहोस्, Two-Factor Authentication (2FA) Enable गर्नुहोस् र अनौठा लिंकहरूबाट टाढा बस्नुहोस् ।
यदि तपाईंको अकाउन्ट ह्याक भयो भने – चाँडो कदम चाल्नुहोस्, किनभने हरेक सेकेन्डले अर्थ राख्छ ।